छिमेकी मुलुक भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो : सांसद राई - Chaitanya News
  • 2026-11-16
  • 00:51:00
  • आइतबार,कार्तिक ३०, २०८३
  • छिमेकी मुलुक भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो : सांसद राई

    छिमेकी मुलुक भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो : सांसद राई

    काठमाडौँ– नेकपा(एमाले)का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँग नेपालको सम्बन्ध अवसर भएको बताएका छन्। बिहीबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताएका हुन्।

    सांसद राईले छिमेकी मुलुकसँगको सम्बन्ध समस्या नभएको बताए। भारतसँगको सम्बन्धलाई अवसरको रूपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भएपनि त्यस्तो हुन नसकेको उनले बताए।

    सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मूल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरूको आधिकारिताको सम्बन्धमा प्रश्न उठाए। नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको उनले बताए।