क्वालालाम्पुर–भैरहवाको हवाई भाडा ११ हजार ४६१ रुपैयाँ तोकियो - Chaitanya News
  • 2026-11-18
  • 03:02:17
  • मंगलबार,मंसिर ०२, २०८३
  • क्वालालाम्पुर–भैरहवाको हवाई भाडा ११ हजार ४६१ रुपैयाँ तोकियो

    क्वालालाम्पुर–भैरहवाको हवाई भाडा ११ हजार ४६१ रुपैयाँ तोकियो

    काठमाडौं– नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ। सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ।

    काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ। त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ।

    यो गौतमबुद्ध विमानस्थलबाट नेवानिले गर्न लागेको पहिलो नियमित तथा व्यावसायिक उडान हुने छ। यस रुटमा २९ जेठ (१२ जुन) बाट निगमले सातामा एक उडानको तयारी गरेको छ। व्यावसायिक सम्भाव्यताका आधारमा निगमले यस रुटमा उडान बढाउने भएको छ।

    क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने मात्र १२ हजार ३४६ रुपैयाँ तोकिएको छ। यसअघि सार्वजनिक यो रुटको भाडादर १४ हजार ७२० रुपैयाँ थियो। यस रुटमा यात्रुले ४५ किलो ब्यागेज निःशुल्क बोक्न सक्नेछन्।