ए डिभिजन लिग : एनआरटीले आर्मीलाई हरायो - Chaitanya News
  • 2026-06-05
  • 22:37:59
  • शुक्रबार,जेठ २२, २०८३
  • ए डिभिजन लिग : एनआरटीले आर्मीलाई हरायो

    ए डिभिजन लिग : एनआरटीले आर्मीलाई हरायो

    काठमाडौँ– शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्युरोड टिम (एनआरटी) विजयी भएको छ।

    बुधबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गरेको हो।

    एनआरटीका लागि कृष्णरत्न चुन्जुले गरेको एक गोल नै निर्णायक भयो। उनले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए।

    यो जितसँगै एनआरटीले ३ अकं जोडेको छ। एनआरटीको २१ खेलबाट २६ अंक भएको छ। समान खेल खेको आर्मीको २९ अंक रहेको छ।