काठमाडौँ– संघीय संसदको संयुक्त समितिको बैठक यही जेठ १४ गतेसम्मका लागि स्थगित भएको छ। बुधबार अपराह्न ४ बजे बसेको बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा २०८० को प्रतिवेदन प्रस्तुत भई सैद्धान्तिक छलफल भएको छ। सैद्धान्तिक छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सहभागी भए।
सभामुखले नियमावलीको मस्यौंदा समितिको प्रतिवेदनमाथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको छ। सो मस्यौदा प्रतिवेदनमाथि ७२ घण्टाभित्र प्रतिनिधि सभाको बिधेयक शाखामा संशोधन प्रस्ताव पेस गर्न सकिनेछ।