मंगलबार रातिदेखि हुम्लामा हवाई सेवा अवरुद्ध - Chaitanya News
  • 2026-11-18
  • 02:34:13
  • मंगलबार,मंसिर ०२, २०८३
  • मंगलबार रातिदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

    मंगलबार रातिदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

    हुम्ला— हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। मंगलबार रातिदेखि मौसम खराब हुँदा हुम्लाको हवाई सेवा अवरुद्ध भएको हो। नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले मौसम खराबीका कारण उडान भर्न सकेको छैन। हुम्लालाई अन्तरजिल्ला जोड्ने एकमात्र माध्यम हवाई सेवा हो।

    बुधबारबाट जिल्लाको मौसममा फेरबदल भई पानी परेपछि सिमकोट विमानस्थलमा नेपालगन्ज र सुर्खेतबाट यात्रुसहित कार्गो सामान आउन सकेको छैन। हुम्लादेखि नेपालगन्ज र सुर्खेत जाने तथा नेपालगन्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ।