गाउँगाउँमा ग्याँस, बिजुली र बस पुग्यो तर यसबारे सिकाउन सकेनौँ : चन्द्र भण्डारी - Chaitanya News
  • 2026-11-16
  • 00:22:38
  • आइतबार,कार्तिक ३०, २०८३
  • गाउँगाउँमा ग्याँस, बिजुली र बस पुग्यो तर यसबारे सिकाउन सकेनौँ : चन्द्र भण्डारी

    गाउँगाउँमा ग्याँस, बिजुली र बस पुग्यो तर यसबारे सिकाउन सकेनौँ : चन्द्र भण्डारी

    काठमाडौं– ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले तीन महिनापछि बुधवार संसदमा सम्बोधन गर्दै गाउँगाउँमा ग्याँस र बिजुली पुगे पनि त्यसबारे जान्न नपाएको बताए। ‘जलन केश देशभरी फैलिएको छ। हामीले विज्ञानको विकास गर्‍यौँ। गाउँगाउँमा ग्याँस र बिजुली पुग्यो, बस पुग्यो, उनले भने तर के गर्नु हुन्छ, के गर्नु हुँदैन? भनेर पाठ्यपुस्तकमा पनि राख्न सकेनौं। हाम्रा विज्ञ र पाठयक्रम निर्माताहरूलाई यसबारे ध्यान भएन। ध्यान दिउन्। विश्वका बच्चाहरूले यसबारे जान्न र पढ्न पाउँछन्। हाम्रा सात वर्षका बच्चाले त जान्न पर्‍यो नि।

    जलनका बिरामीहरूलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

    क्यान्सरजस्तै जलनका बिरामीलाई पनि आर्थिक सहायता उपलब्ध गराउनुपर्ने माग गरे।

    नेपालमा सरकारले जलन अस्पताल स्थापना गरे त्यो एसियाकै सबल हुने उनको दाबी छ। भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।

    ग्याँसमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुनेगरी कानुन निर्माण गर्न उनले सचेत गराए।