काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो। खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७ औँ मिनेटमा निर्णायक गोल गरेका थिए। जितसँगै खुमलटारले २० खेलमा २१ अङ्क जोडेको छ। समान खेल खेलेको सातदोबाटोको २९ अङ्क रहेको छ।
त्यस्तै मंगलबार एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो।
पुलिसको जितमा अहमद हिजाजीले २८ औँ मिनेटमा निर्णायक गोल गरे। जितसँगै पुलिस २० खेलमा २५ अङ्क जोडेर आठौँ स्थानमा उक्लिएको छ। थ्री स्टार २० खेलमा २६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ।