भोलि दुवै सदनको संयुक्त बैठक बस्ने - Chaitanya News
  • 2026-11-16
  • 00:22:09
  • आइतबार,कार्तिक ३०, २०८३
  • भोलि दुवै सदनको संयुक्त बैठक बस्ने

    भोलि दुवै सदनको संयुक्त बैठक बस्ने

    काठमाडौं– जेठ १० गते (भोलि) संघीय संसद्को संयुक्त बैठक बस्ने भएको छ।

    प्रतिनिधिसभाका समामुख देवराज घिमिरेले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने जानकारी गराएका हुन्।

    संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि संयुक्त बैठक बस्न लागेको हो।

    यस्तै, प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्दै छ।