काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज मंगलबार नेपाल पुलिस क्लबले थ्री स्टारलाई १–० ले पराजित गरेको छ।
सातदोबाटोस्थित एनेफा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि अहमद हिजाजीले निर्णायक गोल गरे।
उनले २८औं मिनेटमा गरेको गोल नै पुलिसलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । यस सिजन सातौं जित निकालेको पुलिस २० खेलबाट २५ अंक जोडेर आठौं स्थानमा उक्लेको छ।
छैटौं स्थानको थ्रीस्टार र सातौं स्थानको हिमालयन शेर्पा भन्दा पुलिस एक अंकले मात्र पछि छ।
यस सिजन थ्री स्टारको यो छैटौं हार हो। हिमालयन समान अंक भए पनि थ्रीस्टार अंकतालिकामा अघि छ।