प्रधानमन्त्रीले दिए सगरमाथा आरोही बुढालाई बधाई - Chaitanya News
  • 2026-11-18
  • 02:12:15
  • मंगलबार,मंसिर ०२, २०८३
  • प्रधानमन्त्रीले दिए सगरमाथा आरोही बुढालाई बधाई

    प्रधानमन्त्रीले दिए सगरमाथा आरोही बुढालाई बधाई

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सगरमाथा आरोही हरिबहादुर बुढालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

    दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही बुढालाई आज सिंहदरबारमा भेटेर प्रधानमन्त्री प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन्।

    यसअघि बुढालाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिएका थिए। बधाई तथा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सगरमाथा आरोही हरि बुढामगरले राखेको विश्व कीर्तिमान लगन, साहस र गौरवको प्रतीक भएको बताएका थिए।

    भूतपूर्व गोर्खा सैनिकसमेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। योसँगै उनी घुँडा माथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन्।