सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको ओलीको टिप्पणी - Chaitanya News
  • 2026-11-16
  • 00:23:33
  • आइतबार,कार्तिक ३०, २०८३
  • सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको ओलीको टिप्पणी

    सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको ओलीको टिप्पणी

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरेका छन्।

    मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी भेलामा उनले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

    ‘अहिलेको सरकारको कुरा गरेर म समय खर्च गर्न चाहन्न। विदेशीहरुसँग अस्ति भन्दा एउटा कुरा गरेको छ,’ ओलीले भने, ‘पार्लियामेन्टमा राम्रो छ भनिएको छ । अव बजेट सरकारले कसरी ल्याउछ? अनौठो स्थिति छ। बजेट कसरी ल्याउँछ रु बजेट बनाउन गाह्रो छ। किनभने सरकार चलाउने खर्च सरकारसँग छैन।

    अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सर्तक भएर काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

    अध्यक्ष ओलीले हुँडारको बथानले आक्रमण गरेजसेर पार्टीमाथि चौतर्फी आक्रमण भएको तर आफूहरुले पार्टीलाई जोगाएर अघि बढाएको दाबी गरे।

    ‘हँडारका बथानले जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ। कसैले टाउकोतिर झम्टिन्छ। हीँहीँहीँ कराएको छ, झम्टिएको छ। टोकेको छ। जिउँदै खाएर सिध्याउन खोजेको छ,’ उनले भने, ‘त्यो विचित्रको स्थिति हामीले व्यहोर्नु प¥यो। त्यो स्थिति ब्यहोरेर, त्यसप्रतिकूल अवस्थाबाट यी दुई वर्षमा हामीले हाम्रो पार्टीलाई जोगाएका छौं।’

    पार्लियामेन्टमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको ओलीले बताए।