काठामडौं– घरेलु प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आएका चार युवा खेलाडीले राष्ट्रिय भलिबल टोलीमा डेब्यु गरेका छन्।
काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत बंगलादेशसँगको खेलमा प्रगती नाथ, पूजा चौधरी, कविता भट्ट र सेटर शान्ती कला राईले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।
घरेलु प्रतियोगितामा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबकी प्रगती उदियमान सेटर हुन्। १७ वर्षीया प्रगतीले छोटो समयमा नै सिनियर टोलीमा स्थान बनाउन सफल भइन्।
प्रगतीले कप्तान अरुणा शाहीको स्थान लिर्दै सिनियर टोलीका डेब्यु गरिन्।
नेपाल एपीएफ क्लबकी पूजा चौधरी अपोजिट हिटरको भूमिकामा अब्बल छिन्। घरेलु प्रतियोगितामा एपीएफको दबदबा हुँदा उनले सुरुवाती रोजाइमा खेल्न नपाएपनि उनी पछिल्लो समय पहिलो रोजाइकी खेलाडी हुन्।