नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकालाई थप २ दिन हिरासतमा राख्न अनुमति - Chaitanya News
  • 2026-11-16
  • 00:23:08
  • आइतबार,कार्तिक ३०, २०८३
  • नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकालाई थप २ दिन हिरासतमा राख्न अनुमति

    नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकालाई थप २ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

    प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो। जसअनुसार अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंलाई उनीहरुलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।

    नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना प्रहरीको हिरासतमा छन्।

    प्रहरीले शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ। सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन सकेर अदालतमा मुद्दा दायर गर्नेछ।