काठमाडौं- आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उक्त परिषद्को बैठक अपरान्ह ४ बजे बस्न लागेको हो।
आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो। हरेक मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ। सोही अनुसार आज पनि बैठक बस्न लागेको हो।