धनगढी पुगेर पूर्वराजाले सोधे- के नयाँ नेपाल भनेको यही हो? - Chaitanya News
  • 2026-11-15
  • 23:17:27
  • आइतबार,कार्तिक ३०, २०८३
  • धनगढी पुगेर पूर्वराजाले सोधे- के नयाँ नेपाल भनेको यही हो?

    धनगढी पुगेर पूर्वराजाले सोधे- के नयाँ नेपाल भनेको यही हो?

    काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वलाई के नयाँ नेपाल भनेको यही हो भन्दै प्रश्न गरेका छन् ।

    सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो भनेर प्रश्न गरेका हुन् ।

    ‘के नयाँ नेपाल भनेको यही हो? के अग्रगामी भनेको परावलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन?,’ उनको प्रश्न थियो ।