नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरी निष्कर्श - Chaitanya News
  • 2026-11-16
  • 06:24:21
  • सोमबार,मंसिर ०१, २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरी निष्कर्श

    नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरी निष्कर्श

    काठमाडौं- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ।

    प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंलाई बुझाएको हो।

    मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने एक जनाको नाम खुलेको छ। अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको छैन।

    अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको प्रहरीको भनाइ छ।

    जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अपरान्हसम्म जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र पेश गर्ने तयारी गरेको छ। सोमबार ८ जना सरकारी वकिलले यो मुद्दामा प्रतिवेदन अध्ययन गरी अभियोगपत्र बनाउन थालेका छन्।