काठमाडौं- लोकसेवा आयोगले उपसचिवको नतिजा सार्वजनिक गरेको छ। आयोगले शिक्षा, वन, बोटानी र विविध सेवा समूह उपसचिव वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो। माग पद संख्या एकका लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि चार जना छनोट भएका हुन्।
नतिजाअनुसार कुन्ति अधिकारी, देवका ढकाल, रजनी धिमाल, रमा खतिवडा छनोट भएका छन्। त्यस्तै माग पद संख्या चारका लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि ६ जना छनोट भएका हुन्।
नतिजाअनुसार कुन्ति अधिकारी, कृष्ण भुजेल, जीवन न्यौपाने, माधव बन्जाडे, राजु श्रेष्ठ, विष्णुप्रसाद पन्थी छनोट भएका छन्। विविध समूह वरिष्ठ समाजशास्त्री तर्फ माग पद संख्या चार का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छ जना छनोट भएका हुन्।
नतिजाअनुसार कुन्ति अधिकारी, कृष्ण भुजेल, जीवन न्यौपाने, माधव बन्जाडे, राजु श्रेष्ठ, विष्णुप्रसाद पन्थी छनोट भएका छन्। विविध समूह वरिष्ठ समाजशास्त्री तर्फ माग पद संख्या दुई का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि दश जना छनोट भएका हुन्। जसमध्य अमरबहादुर ओली, कुशलदेव घिमिरे, केदार सत्याल, बलबहादुर घर्ती, भुपेन्द्र शर्मा, योगराज गिरी, अमरबहादुर ओली, केदार सत्याल, बलबहादुर घर्ती र भोजराज अर्याल छनोट भएका छन्।