पूर्वराजा ज्ञानेन्द्र शाहको आज धनगढीमा नागरिक अभिनन्दन - Chaitanya News
  • 2026-11-15
  • 23:17:47
  • आइतबार,कार्तिक ३०, २०८३
  • पूर्वराजा ज्ञानेन्द्र शाहको आज धनगढीमा नागरिक अभिनन्दन

    पूर्वराजा ज्ञानेन्द्र शाहको आज धनगढीमा नागरिक अभिनन्दन

    धनगढी- धनगढीमा आज पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने भएको छ।

    आइतबार नागरिक अभिनन्दनका लागि पूर्वराजा शाहको परिवार धनगढी पुगेको हो।

    पूर्वयुवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन्।

    पूर्वराजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन भएको आयोजकले जनाएको छ।

    धनगढीको रंगशालामा आज ३ बजेदेखि नागरिक अभिनन्दन गरिने समितिका संयोजक जयन्त चन्दले जानकारी दिए।

    यसअघि जेठ ६ गते हुने भनिएको पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम थियो। नेपाल बन्द हुने चर्चाका कारण सोमबारका लागि सारीएको आयोजकले जनाएको छ।