नीति तथा कार्यक्रमबाट संघीयता हटाउन चित्रबहादुर केसीको माग - Chaitanya News
  • 2026-11-16
  • 03:23:08
  • आइतबार,कार्तिक ३०, २०८३
  • नीति तथा कार्यक्रमबाट संघीयता हटाउन चित्रबहादुर केसीको माग

    नीति तथा कार्यक्रमबाट संघीयता हटाउन चित्रबहादुर केसीको माग

    काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन्।

    आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताएका हुन्। उनले नेपालमा संघीयता विरुद्धको जनमत तयार भइरहेको पनि बताए।

    नीति कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएकोमा त्यसलाई हटाउन उनले माग गरे। संघीयताको भारी मुलुकले बोक्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

    अध्यक्ष केसीले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताए।