नीति तथा कार्यक्रममाथि एमालेले विरोध जनाउने - Chaitanya News
  • 2026-07-11
  • 08:09:15
  • शनिबार,आषाढ २७, २०८३
  • नीति तथा कार्यक्रममाथि एमालेले विरोध जनाउने

    नीति तथा कार्यक्रममाथि एमालेले विरोध जनाउने

    काठमाडौँ -सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन् ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै ओलीले यसको विरोध गर्दै आएका छन् ।

    प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने बताएका छन् ।

    ओलीले आफ्ना सांसद्हरुलाई पनि सरकारको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिइसकेका छन् ।