कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा - Chaitanya News
  • 2026-11-16
  • 02:42:24
  • आइतबार,कार्तिक ३०, २०८३
  • कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

    कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

    काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने बताएको छ ।

    शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

    उहाँले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने पनि बताउनुभयो । राष्ट्रपति पौडेलले विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने पनि बताउनुभयो ।

    राष्ट्रपति पौडेलले राजश्व चुहावट, न्युन बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पुँजी पलायनमा कडाइ गर्ने बताउनुभयो ।

    उहाँले राजश्वको दायरा बिस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने घोषणा गर्नुभयो ।