तीन तहका सरकारबीचको दोहोरोपन हटाउने घोषणा
काठमाडौं- सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गभिने वा खारेज गर्ने बताएका हुन् ।
उनले खारेज भएका वा गाभिएका संस्थाहरुको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानुनी व्यवस्थापन गर्ने बताए ।
यस्तै उनले अध्ययनको आधारमा बन्द वा रुग्न भएका सार्वजनिक संस्थाहरुको पुनःसंरचना, पुनर्स्थापना, पुनरोउत्थान गरिने बताएका छन् ।
सरकारले तीन तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने घोषणा गरेको छ ।
आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविस्तृतीकरण प्रतिवेदनको पुनरालावेकन गरिने बताएका छन् ।
उनले राष्ट्रिय समन्वय परिषद् लगायतलाई सक्रिय बताउने बताएका हुन् ।
राष्ट्रिय प्राथमिकताको काम गर्न तीनै सरकारलाई गर्न नीतिगत र कानुनी व्यवस्था गरिने पौडेलले बताएका छन् ।
तीन तहका सरकारबीच राम्रो समन्वय नभएको र सरकारले गर्ने कामहरु दोहोरिने गरेको भन्दै आलोचना हुने गरेको छ ।