संघीय अस्पतालका कर्मचारीको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको १५ दिने अल्टिमेटम - Chaitanya News
  • 2026-05-02
  • 22:40:18
  • शनिबार,बैशाख १९, २०८३
  • संघीय अस्पतालका कर्मचारीको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको १५ दिने अल्टिमेटम

    संघीय अस्पतालका कर्मचारीको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको १५ दिने अल्टिमेटम

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले, संघीय अस्पतालमा कार्यरत कर्मचारीहरुको विवरण १५ दिन भित्र बुझाउन निर्देशन दिएका छन्।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारका लागि संघीय अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको लिस्ट १५ दिन भित्र बुझाउन निर्देशन दिइएको जानकारी दिए।

    उनले जनताको स्वास्थ्य र सुरक्षाको कुरामा सरकारले व्यवस्थित गर्नकै लागि आफुहरुले उक्त कदम चालेको बताए। जुन ढंगले राष्ट्रिय सेवा कर्मचारीहरुले काम गर्नु पर्ने हो त्यो नदेखिएको र उपकरण खरिद गरेर दुई वर्षसम्म पनि प्रयोग नगरेको र खरिद आवश्यकता भन्दा बढी देखिएको उनको भनाई छ।