दुई जना डाक्टर नवौं तह बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-05-02
  • 22:33:58
  • शनिबार,बैशाख १९, २०८३
  • दुई जना डाक्टर नवौं तह बढुवाका लागि सिफारिस

    दुई जना डाक्टर नवौं तह बढुवाका लागि सिफारिस

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले दुई जना डाक्टरलाई नवौं तहमा बढुवाका लागि सिफारिस गरेको छ।

    मन्त्रालयमा बिहीबार बसेको बैठकले कार्यक्षमताको मूल्यांङ्कन प्रक्रियाद्वारा हुने बढुवामा दुई जनालाई सिफारिस गर्ने निर्णय गरेको हो।

    बढुवा सिफारिस हुनेमा डा. ईश्वरी खनाल र डा. सन्तोष कुमार गुप्ता रहेका छन्।

    प्याथोलोजी समूहतर्फ कन्सलटेन्ट प्याथोलोजिष्ट पदमा दुई जना माग भए पनि बढुवाका लागि आवेदन दिएका सबै उम्मेद्वार लोकसेवा आयोगको गत ६ वैशाखको निर्णयबाट आन्तरिक प्रतिस्पर्धामा सिफारिस भइसकेकोले नयाँ उम्मेद्वार नएको बताइएको छ।