नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष मिया पक्राउ - Chaitanya News
  • 2026-07-06
  • 05:06:57
  • आइतबार,आषाढ २१, २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष मिया पक्राउ

    नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष मिया पक्राउ

    काठमाडौं-  नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष समशेर मियाँ पक्राउ परेका छन्। उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका मियाँ विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसयता उनी फरार थिए। उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, वहालवाला सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्।

    यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ।