डिल्लीबजार कारागारमै बोलाइयो नागरिक उन्मुक्ति पार्टीको बैठक - Chaitanya News
  • 2026-11-16
  • 02:05:27
  • आइतबार,कार्तिक ३०, २०८३
  • डिल्लीबजार कारागारमै बोलाइयो नागरिक उन्मुक्ति पार्टीको बैठक

    डिल्लीबजार कारागारमै बोलाइयो नागरिक उन्मुक्ति पार्टीको बैठक

    काठमाडौं- नागरिक उन्मुक्ति पार्टीको बैठक डिल्लीबजार कारागारमा बसेको छ। सर्वोच्च अदालतले जन्मकैद सदर गरेपछि रेशम चौधरीले पार्टीका नेताहरूलाई कारागारमै बोलाएर छलफल थालेका हुन्।

    कैलालीको टिकापुरमा २०७२ सालमा भएको घटनामा रेशमलाई सफाइ दिन सर्वोच्च अदालतले अस्वीकार गरेपछि आज नागरिक उन्मुक्ति पार्टीका पदाधिकारी डिल्लीबजारस्थित कारागार पुगेर छलफल गरिरहेका छन्।

    सत्ता साझेदार दलको रूपमा रहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा रहने या नरहने भन्ने विषयमा अहिले छलफल भइरहेको बताइएको छ।

    उच्च अदालत दिपायलले टीकापुर घटनामा दोषी ठहर गर्दै रेशमलाई जन्मकैद हुने फैसला सर्वोच्च अदालतले सदर गरेको हो।