गठबन्धन बैठक चल्दै गर्दा बाहिरिइन् रञ्जिता - Chaitanya News
  • 2026-11-16
  • 02:05:21
  • आइतबार,कार्तिक ३०, २०८३
  • गठबन्धन बैठक चल्दै गर्दा बाहिरिइन् रञ्जिता

    गठबन्धन बैठक चल्दै गर्दा बाहिरिइन् रञ्जिता

    काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सत्ता गठबन्धनको बैठक छाडेर बाहिर निस्किएकी छन्।

    श्रेष्ठ केहीबेरअघि बैठक चलिरहेकै बेला बाहिर निस्किएको बताइएको छ।

    टीकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजनाविरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला मंगलबार सर्वोच्च अदालतबाट पनि सदर भएको थियो। सोही कारणले गर्दा रञ्जिता बैठकबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ।

    सरकारमा सहभागी दलको बैठक बालुवाटारमा बुधबार बिहान १० बजेदेखि बसिरहेको हो।