कांग्रेस रुपान्तरण अभियान घोषणा - Chaitanya News
  • 2026-07-06
  • 05:07:31
  • आइतबार,आषाढ २१, २०८३
  • कांग्रेस रुपान्तरण अभियान घोषणा

    कांग्रेस रुपान्तरण अभियान घोषणा

    काठमाडौं- नेपाली कांग्रेसका केही नेताहरूले नेतृत्वमा सुधारको कुनै सम्भावना नदेखिएको भन्दै रुपान्तरण अभियान थालिने बताएका छन्। कांग्रेस रुपान्तरण अभियानको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेताहरूले रुपान्तरण अभियान थालिने बताए।

    कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले नेतृत्वले पार्टीलाई सुधार्ने कुनै सम्भावना नदेखेपछि बाहिरको विकल्प रोजिएको बताएका छन्। केन्द्रीय कार्य समितिमा कुरा राख्दा पनि सुधारको कुनै सम्भावना नदेखिएपछि अभियान थालिएको उनले बताए।

    कांग्रेसले पटक पटक निर्वाचन हार्दा पनि नेतृत्वले नचेतेको उनको भनाइ छ।

    यस्तै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले गुट रहित र सशक्त पार्टी निर्माणका लागि यो अभियानको थालनी गरिएको जानकारी दिए। उनले कुनै गुट उपगुट भन्दा पनि कांग्रेस सुदृढिकरणका लागि थालिएको स्वस्फुर्त कांर्यक्रम भएको बताए।