रास्वपाले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-07-06
  • 05:07:29
  • आइतबार,आषाढ २१, २०८३
  • रास्वपाले माग्यो कर्मचारी

    रास्वपाले माग्यो कर्मचारी

    काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) मागेको छ। यसअघि गरिएको विज्ञापन रोकिएकाले पुनः आवेदन मागिएको रास्वपाले जनाएको छ।

    विदेशमा बसेका र व्यवस्थापन क्षेत्रमा काम गरेकालाई प्राथमिकतामा दिइने रास्वपाले जनाएको छ। सिईओको रुपमा विकास, सुशासन, व्यवस्थापनलगायत सम्पूर्ण कार्यभार सम्हाल्न सक्नेले जेठ १५ गतेभित्र आवेदन गर्न सक्नेछन्।

    यसअघि दरखास्त दिएकाले पुनः आवेदन दिनुनपर्ने जानकारी गराउँदै रास्वपाले आकर्षक तलब र सेवासुविधा रहेको जनाएको छ। चितवनलाई कर्म क्षेत्र बनाएर काम गर्न चाहनेले आफ्नो बायोडाटा रास्वपाको इमेलमा पठाउनुपर्नेछ।

    विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियान थालिएको भन्दै रास्वपाले गत पुस ८ गते सिइओ मागेको थियो। पार्टी सभापति लामिछानेले विदेशबाट फर्किएर नेपालमा काम गर्न चाहनेलाई आफैँ एयरपोर्टमा लिन जाने घोषणा त्यतिबेला गरेका थिए।