कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छ : माधव नेपाल - Chaitanya News
  • 2026-07-06
  • 05:08:17
  • आइतबार,आषाढ २१, २०८३
  • कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छ : माधव नेपाल

    कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छ : माधव नेपाल

    काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिए भन्दै चिन्ता व्यक्त गरेका छन्।

    सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको टिप्पणी गरे।

    उनले अब कम्युनिष्ट पार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताए। उनले कम्युनिष्ट एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए।

    विकासलाई अघि बढाइरहे पनि चाहेअनुसारको विकास हुन नसकेको उनले बताए।