काठमाडौं- संसदको सार्वजनिक लेखा समितिको सचिवमा एकराम गिरी नियुक्त भएका छन्।
संसद सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव गिरीलाई महत्त्वपूर्ण मानिने लेखा समितिको सचिवको नियुक्त गरिएको हो।
यसअघि महिला तथा सामाजिक समितिको सचिवका रूपमा काम गरेका गिरीलाई सरकारको समग्र आर्थिक क्रियाकलापमाथि निगरान राख्न सक्ने गरि समितिको सचिव बनाएको बताइएको छ।
दलहरूबीच लेखा समितिको सभापति विपक्षी एमालेलाई दिने सहमति भएको छ।