नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ।
काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट हिजो साँझ पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएदेखि नै उनी फरार रहेका थिए।