नक्कली शरणार्थी प्रकरण : आजदेखि पूर्व गृहमन्त्री खाँणको बयान - Chaitanya News
  • 2026-07-06
  • 03:39:21
  • आइतबार,आषाढ २१, २०८३
  • नक्कली शरणार्थी प्रकरण : आजदेखि पूर्व गृहमन्त्री खाँणको बयान

    नक्कली शरणार्थी प्रकरण : आजदेखि पूर्व गृहमन्त्री खाँणको बयान

    काठमाडौं –  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आज (सोमबार) देखि बयान हुने भएको छ ।

    यसअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्व गृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ ।

    योसँगै खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्ने जनाइएको छ ।

    अब आजदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणको बयान थालिने भएको हो । जिल्ला अदालत काठमाडौंले यो मुद्दा अनुसन्धानका लागि हिजो (आइतबार) खाँणविरुद्ध थप चार दिन समय दिएको छ ।

    यसैबीच सोही प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री टोबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन् । योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।