टोपबहादुरलाई आज अदालतमा उपस्थित गराइँदै - Chaitanya News
  • 2026-07-06
  • 03:39:31
  • आइतबार,आषाढ २१, २०८३
  • टोपबहादुरलाई आज अदालतमा उपस्थित गराइँदै

    टोपबहादुरलाई आज अदालतमा उपस्थित गराइँदै

    काठमाडौँ – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए ।

    उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ। पक्राउ परे लगत्तै मेडिकल जाँच गरी उनलाई लैनचौरस्थित प्रहरी हिरासतमा लगिएको थियो।

    थप अनुसन्धानका लागि रायमाझीलाई म्याद थप्न जिल्ला अदालत काठमाडौँमा लैजान लागिएको हो ।