तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने - Chaitanya News
  • 2026-11-16
  • 01:38:34
  • आइतबार,कार्तिक ३०, २०८३
  • तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने

    तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने

    काठमाडौं- संसदको विषयगत समितिको बैठक तीनभित्र बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले तीन दिनभित्र बैठक बस्ने र समिति गठन गर्ने निर्णय गरेको हो ।

    पहिलो अधिवेशनको अन्तिम बैठकमा विषयगत समिति गठन गरे पनि बैठक बस्न सकेको थिएन । समितिको बैठक बसेपछि सभापति चयन प्रक्रिया अगाडि बढ्नेछ ।

    संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन पनि तीन दिनभित्रै गर्ने निर्णय भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।