विमानस्थल भन्सार कार्यालयका नासु पक्राउ - Chaitanya News
  • 2026-11-16
  • 01:24:52
  • आइतबार,कार्तिक ३०, २०८३
  • विमानस्थल भन्सार कार्यालयका नासु पक्राउ

    विमानस्थल भन्सार कार्यालयका नासु पक्राउ

    काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक नायब सुब्बालाई पक्राउ गरेको छ

    शनिबार नासु रेवन्त खड्कालाई कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

    नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै फिर्ता पठाउने गरेको स्रोतको भनाइ छ।