मेलम्चीको पानी वितरण जेठ १ देखि बन्द हुने - Chaitanya News
  • 2026-11-16
  • 01:24:47
  • आइतबार,कार्तिक ३०, २०८३
  • मेलम्चीको पानी वितरण जेठ १ देखि बन्द हुने

    मेलम्चीको पानी वितरण जेठ १ देखि बन्द हुने

    काठमाडौं – मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।

    हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

    सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको उनले जानकारी दिए ।