मुम्बईले शीर्ष स्थानको गुजरातलाई हरायो - Chaitanya News
  • 2026-06-05
  • 22:38:03
  • शुक्रबार,जेठ २२, २०८३
  • मुम्बईले शीर्ष स्थानको गुजरातलाई हरायो

    मुम्बईले शीर्ष स्थानको गुजरातलाई हरायो

    काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ ।

    गए राति वाङखडेमा भएको खेलमा मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९१ रन बनायो । उसका राशिद खानले अविजित ७९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । डेभिड मिलर ४१ रनमा आउट भए ।

    टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । उसका सूर्य कुमार यादवले शतकीय पारी खेले । उनले ४९ बलमा १०३ रन बनाए । यादवको आईपीएल क्रिकेटमा पहिलो शतक पनि हो । इशान किसन ३१, विष्णु विनोद ३० र कप्तान रोहित शर्मा २९ रन बनाएर आउट भए ।

    गुजरातका राशिद खानले ४ तथा मोहित शर्माले एक विकेट लिए । जितसँगै मुम्बई १२ खेलमा १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा कायमै रहेको गुजरातको १२ खेलमा १६ अंक छ ।