काठमाडौं- नेकपा एमालेले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधि बनेकाहरूलाई प्रशिक्षण दिने भएको छ।
आगामी जेठ १२ र १३ गते काठमाडौं स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई एमालेले प्रशिक्षण दिने भएको हो।
स्थानीय तहमा बजेट बनाउने बेला भएको र बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव र निर्देशन दिन कार्यशाला गर्न लागिएको एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले बताए।