काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन समयमै बन्न नसकेको बताएका छन्।
शुक्रबार दीगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव सुवेदीले यसअघिको सरकारको मन्त्रिपरिषदमा मन्त्रालयबाट सबै काम गरेर पुर्याए पनि मन्त्रिपरिषद्ले चासो नदिँदा पुनः शुन्यमा झरेको बताए।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा शिक्षा मन्त्रालयले सबै प्रक्रिया टुंग्याइ मन्त्रिपरिषदमा पठाएको तर मन्त्रिपरिषद्ले चासो नदिँदा अघि बढ्न नसकेको धारणा राखे।
उनले संघीय शिक्षा ऐन मन्त्रिपरिषदमा पुगेको १ महिनापछि मात्रै मन्त्रिपरिषदमा पुगेको नेपाल विश्वविद्यालय ऐन भने तत्काल संसदमा प्रस्तुत भएको भन्दै सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन निर्माणमा ढिलाइ भइरहेको बताए।