१. तलका कथन सहि गलत के हुन्?
१. एन्जेल नामक झरना भेनुजुयलामा पर्दछ।
२. सुदरल्याण्ड नामक झरना न्युजिल्याण्डमा पर्दछ।
३. टुगेला नामक झरना नर्वे मा पर्दछ।
A) १ र ३ ठीक २ गलत B) १ र २ ठीक ३ गलत C) सबै ठीक D) सबै गलत
२. प्रथम विश्वयुद्धको परिमाणमध्य देहायको होइन?
i) असमान सन्धि ii) साम्यवादको उदय iii) औद्योगिक प्रतिष्ठानको विनास iv) उग्रराष्ट्रवाद
A) i, ii,र iv मात्र B) ii, iii,र iv मात्र C) iii,र iv मात्र D) iv मात्र
३. जनकपुरको जानकी मन्दिर कुन शैलीमा निर्मित मन्दिर हो?
A) प्यागोडा शैली B) शिखर शैली C) ग्रीक शैली D) राजपुत शैली
४. नेपाल सरकारको सट्टा श्री ५ लेख्ने व्यवस्था कहिले भएको हो?
A) वि.सं. २०१५ वैशाख २ गते B) वि.सं. २०१५ वैशाख ३ गते
C) वि.सं. २०१५ जेठ २ गते D) वि.सं. २०१५ जेठ ४ गते
५. तलकामध्ये दक्षिण एशियाकै पहिलो स्काई वाक टावरको निर्माण कुन देशमा गरिने भएको छ?
A) पाकिस्तान B) बंगालादेश C) भारत D) नेपाल
६. निम्न भनाई विचार गर्नुहोस्
१. किराना कागज झोला
२. प्लाईवुड र फर्निचर
३. सिरेमिक क्रोकरी र टाइलहरू
माथिका मध्ये कुनले इन्डोर प्रदुषण निम्त्याउँछ।
A) १ र २ मात्र B) २ र ३ मात्र C) १ र ३ मात्र D) सबै
७. A + 1A + 5A + AA + A1 = 1AA, A को मान कति हुन्छ?
A) 2 B) 3 C) 4 D) 5
८. कुन चाहिँ सबैभन्दा ठूलो छ?
A) (1/2)-6 B) (1/3)-3 C) (1/3)-4 D) (1/6)-2
९. 10. ACPQ : BESU : : MNGI 😕
A) NPJL B) NOJM C) NPIL D) NPJM
१०. 1.27272727… लाई भिन्नमा बदल्नुहोस्।
A) 13/11 B) 14/11 C) 127/9 D) 137/99
११. दिइएको अंकहरु जस्तै कुन चाँही छ?
343, 49, 7
A) 9, 3, 3 B) 16, 4, 2 C) 98, 14, 2 D) None
१२. यदि BARBECUE nfO{ EUCEBRAB भनी कोड गरिएको छ भने VIGILANCE को कोड के हुन्छ?
A) ECNALGIIV B) ECNLIAGIV C) ECANILGIV D) ECNALIGIV
१३. पाँच जना केटीहरु फोटो खिच्नको लागि एउटा बेन्चमा बसेका छन्। सिमा चाहिँ रानीको बायाँ र विन्दुको दायाँतिर पर्ने गरी बसेकीछे। माया चाँही रानीको दायाँतिर हुने गरी बसेकी छ भने रानी र मायाको बीचमा रीता बसेकी छ भने रीताको दायाँतिर को बसेकी छ?
A) विन्दु B) रानी C) माया D) सिमा
१४. कुनै वर्षको जनवरी 12 आइतबार हो भने तलको कुन हुन सक्छ?
A) यदि सो वर्ष अधिक वर्ष भए जुलाई १५ आइतबार हो। B) यदि सो वर्ष अधिक वर्ष भए जुलाई १५ आइतबार हो। C) यदि सो वर्ष अधिक वर्ष भए जुलाई १२ आइतबार होइन। D) यदि सो वर्ष अधिक वर्ष भए जुलाई १२ आइतबार होइन।
१५. 2, 2, 3, 3, 3 लाई प्रयोग गरेर घण्,ण्ण्ण् भन्दा ठूला कति वटा संख्या बनाउन सकिन्छ?
A) 3 B) 6 C) 9 D) 12
(लोक सेवा आयोगद्वारा लिइने परीक्षाको सबै सेवा, समूहको प्रथम पत्रको वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयोगी रहेको छ ।)
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100