बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प - Chaitanya News
  • 2026-11-16
  • 01:15:31
  • आइतबार,कार्तिक ३०, २०८३
  • बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

    बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

    बाजुरा- । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज (बिहीबार) बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ