भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनको प्रदर्शन - Chaitanya News
  • 2026-07-11
  • 05:27:37
  • शुक्रबार,आषाढ २६, २०८३
  • भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनको प्रदर्शन

    भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनको प्रदर्शन

    काठमाडौं- नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

    नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै नागरिक अगुवा सडकमा आएका हुन् ।

    अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद तथा उनीहरूका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट ढाकछोप भइरहेको उनीहरूको आरोप छ ।

    उनीहरूले राजनीतिक नेतृत्वको दबावमा नझुक्न प्रहरीलाई आग्रह गरेका छन् ।