आरजु राणा पुगिन् साइबर ब्युरो - Chaitanya News
  • 2026-07-11
  • 05:27:36
  • शुक्रबार,आषाढ २६, २०८३
  • आरजु राणा पुगिन् साइबर ब्युरो

    आरजु राणा पुगिन् साइबर ब्युरो

    काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा. आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन्।

    आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै उनले उक्त अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

    उनले आफ्नो निवेदनको बोधार्थमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद सचिवालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाम राखेकी छन्।