पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति - Chaitanya News
  • 2026-07-11
  • 03:46:56
  • शुक्रबार,आषाढ २६, २०८३
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

    पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौं –  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

    बुधबार बिहान पक्राउ परेका खाँणलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगेको थियो ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।