काठमाडौँ – नेकपा एमालेका सचिव रहेका सांसद टोपबहादुर रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरेको छ ।
बुधबार पार्टी महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै सचिव रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले पक्राउ गर्न खोजेको छ । तर, उनी हाल फरार रहेका छन् ।
यसैबीच रायमाझीले प्रहरीले समक्ष आत्मसमर्पण गर्ने तयारी गरेका छन्। पक्राउ पूर्जी जारी भएपछि फरार रहेका रायमाझीले आत्मसमर्पणको तयारी गरेको स्रोतले बताएको छ।