उपसचिवमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई - Chaitanya News
  • 2026-11-16
  • 01:08:06
  • आइतबार,कार्तिक ३०, २०८३
  • उपसचिवमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई

    उपसचिवमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई

    काठमाडौं- काठमाडौंको शंखमुलस्थितल चैतन्य एकेडेमीले लोकसेवा आयोगको उपसचिव पदमा सिफारिस उम्मेदवारहरूलाई बधाई ज्ञापन गरेको छ। आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा सिफारिस भएका उम्मेदवारहरूलाई एक समारोहकाबीच एकेडेमीले बधाई ज्ञापन गरेको हो।

    एकेडेमीका निर्देशक गणेश जोशीले देशका कुसल प्रशासकहरूलाई बधाई ज्ञापन गर्न पाउँदा खुसी लागेको बताए। उनले नवनियुक्त उपसचिवको सेवाबाट जनताले मुलुकमा सुशासन कायम भएको प्रत्याभूत गर्न पाउनेमा आफूहरू विश्वस्त रहेको बताएका थिए।

    यस्तै कार्यक्रमका विशिष्ट अतिथि लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले नयाँ पुस्ताबाट लोकसेवाको गरिमा उच्च हुनेगरी काम गर्ने विश्वास लिएको बताए। पछिल्लो समय मुलुकमा भ्रष्टाचार बढी रहेको बताउँदै नयाँ पुस्ता त्योबाट सजग हुनुपर्ने धारणा राखे।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्वमुख्य सचिव डा. बिमल कोइरालाले कर्मचारीहरू आज्ञाकारी तन्त्रबाट माथि उठेर प्रश्न उठाउन सक्ने क्षमता राख्नसक्ने हुनुपर्ने बताए।