लिङ्क्डेनका सात सय कर्मचारी जागिर गुमाउँदै - Chaitanya News
  • 2026-06-22
  • 23:29:33
  • सोमबार,आषाढ ०८, २०८३
  • लिङ्क्डेनका सात सय कर्मचारी जागिर गुमाउँदै

    लिङ्क्डेनका सात सय कर्मचारी जागिर गुमाउँदै

    काठमाडौं- व्यापार व्यवसायी एवम् प्रोफेसनल व्यक्तिहरूबीच लोकप्रिय सोसल मिडिया प्लेटर्फम लिङ्क्डेनले ७१६ कर्मचारी हटाउने घोषणा गरेको छ।

    लिङ्क्डेनका सीईओ रायन रोस्लान्स्कीले कर्मचारीहरूलाई पत्र लेख्दै कर्मचारी कटौतीको बारेमा जानकारी दिएका हुन्। उनले कम्पनीको सञ्चालनलाई सुव्यवस्थित गर्न सेल्स, अपरेसन र सपोर्ट विभागका कर्मचारी कटौती गर्ने बताएका छन्।

    कम्पनीको कामका लागि अब भेन्डरहरूको प्रयोग गर्ने र त्यसका लागि २५० नयाँ रोजगारी सिर्जना हुने उनको भनाइ छ। अहिले हटाइने कर्मचारीहरूले पनि ती नयाँ रोलमा आवेदन दिन पाउने कम्पनीका सीईओ रायन रोस्लान्स्कीको भनाइ छ।

    सन् २०२१ मा चीनबाट बाहिरिने घोषणा गरेको कम्पनीले अब त्यहाँ रोजगारीसमेत खुला नगर्ने बताएको छ। करिब २० हजार कर्मचारी रहेको लिङ्क्डेन कर्मचारी कटौती गर्ने पछिल्लो प्रविधि कम्पनी हो।