काठमाडौं- त्रिपुरेश्वरस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
यही वैशाख २४ गते विज्ञापन आह्वान गरिएकोमा सात दिनभित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङमा प्रमाण पत्र तह उत्तीर्ण गरी काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त गरेको उम्मेदवार हुनुपर्ने विज्ञापनमा आह्वान गरिएको छ।
स्टाफ नर्स पाँच तहको लागि सात जना माग गरिएको छ।
![]()