अन्तिम समयमा खर्च गर्ने प्रवृत्तिको अन्त्य गरौं: अर्थमन्त्री - Chaitanya News
  • 2026-06-22
  • 23:28:26
  • सोमबार,आषाढ ०८, २०८३
  • अन्तिम समयमा खर्च गर्ने प्रवृत्तिको अन्त्य गरौं: अर्थमन्त्री

    अन्तिम समयमा खर्च गर्ने प्रवृत्तिको अन्त्य गरौं: अर्थमन्त्री

    काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चको प्रभाव बढाउनुपर्ने बताएका छन्।

    राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामामाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।

    ‘हामीले स्वीकार गर्नुपर्छ। हाम्रो संयन्त्रमा ढिलासुस्ती छ। उदाशीनता छ। अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ। यसलाई अन्य गनुपर्छ,’ उनले भने।

    राजश्व, ऋण र विदेशी अनुदान परिचालन गरेर प्रभावकारी ढंगबाट खर्च गर्नुपर्ने उनको भनाइ छ।